१० माघ २०७६, शुक्रबार

कास्की, १० माघ । गण्डकी प्रदेशसभा (सांसद) सदस्य राजिव गुरुङ (दीपक मनाङ्गे)माथि थप अनुसन्धान गर्न २ दिनको म्याद थप भएको छ ।

गुरुङलाई आज जिल्ला प्रशासन कार्यालय कास्कीबाट २ दिनको म्याद थप गरिएको हो । नेपाल फुटबल सङ्घ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट गरेको अभियोगमा सांसद गुरुङलाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो ।

मंगलबारदेखि पोखरामा सुरु भएको मुख्यमन्त्री कप उद्घाटन कार्यक्रममा सांसद गुरुङले एन्फा अध्यक्ष मिलनलाई झापड हानेपछि यतिबेला विवाद चुलिएको छ । मनाङले आफूले हातपात गरेको पत्रकार सम्मेलनमार्फत नै स्वीकार गरिसकेका छन् ।

पत्रकार सम्मेलनमा उनले मिलन भ्रष्टाचार र गठीमा संलग्न रहेको भन्दै उनले फूलमाला लगाएर नहुने र झापडमै हान्नुपर्ने बताएका थिए । यसैबीच ठगी मुद्दामा प्रहरीले मिलन गुरुङलाई पनि पक्राउ गरेको छ ।

LIVE TV