वीपी विचार राष्ट्रिय समाज रुकुमपूर्वको कार्य समिति गठन



प्रकाशित मिति : Jan 24, 2020

काठमाडौं, १० माघ । वीपी विचार राष्ट्रिय समाजको रुकुमपूर्वको नयाँ जिल्ला कार्य समिति गठन भएको छ । धुव्र पुन मगरको सभापतित्वमा १६ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

समितिको उपसभापतिमा विश्व बुढा, सचिवमा सरिता बिसी, सहसचिवमा सुरेश कुमार घर्तीमगर चयन हुनुभएको छ । कोषाध्यक्षको जिम्मेवारी नविन पुनलाई दिइएको जिल्ला कार्यसमिति रुकुमपूर्वले जनाएको छ ।

सदस्यहरुमा सागर बुढा, दलबहादुर घर्ती मगर, वीरेन्द्र बस्नेत, भगवान घर्तीमगर, धनप्रताव बुढा, कुमार पुन, ज्ञानबहादुर सेन, आश्रीति मगर, कल्याण कुमार बि.क, बुचु पुन, होम बहादुर गुरुङ हुनुहुन्छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com