१० माघ २०७६, शुक्रबार

काठमाडौं, १० माघ । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङ प्रहरी नियन्त्रणमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बैंकिङ कसुरमा अनुसन्धान गर्न अध्यक्ष गुरुङलाई शुक्रबार नियन्त्रणमा लिइएको हो ।

अध्यक्ष गुरुङलाई पोखराको गैह्रापाटनबाट नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । अध्यक्ष गुरुङलाई मुक्का हानेको आरोपमा सांसद राजिव गुरुङ (दीपक मनाङ्गे’लाई पनि प्रहरीले विहीबार नियन्त्रणमा लिइसकेको छ ।

LIVE TV