१० माघ २०७६, शुक्रबार

काठमाडौँ, १० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ मानव जातिको लागि अहितकर रहेको भन्दै अर्बपति समाजसेवी जर्ज सोरोसले आलोचना गरेका छन् । शक्तिमा उनीहरु दुईजना नहुने हो भने विश्व मानवजातिका लागि अति सुन्दर हुने उनले बताएका छन् ।

वर्ल्ड इकोनोमिक फोरमको डाभोसमा भएको सम्मेलनमा सम्बोधन गर्दै सोरोसले भने, ‘अमेरिकी राष्ट्रपति ट्रम्प आत्मरतिमा रमाउने, भ्रमलाई सत्यको रुपमा प्रस्तुत गर्ने तथा अरुप्रति सद्भाव नराख्नेखालका छन् ।’

ट्रम्पले अमेरिकी संविधानका सबै सीमाहरु तोडेर आफुलाई संविधानमाथिको मान्ने गरेको उनको भनाई छ । यस्तै चीनका राष्ट्रपति सीले पनि आफ्ना नागरिकको जीवनमा अत्यन्त नियन्त्रण गरेको आरोप उनले लगाएका छन् ।

बहुलवाद र जलवायु परिवर्तन वर्तमान विश्व समुदाय लागि सबैभन्दा जोखिमका कुरा रहेको उनले बताए । खुला समाजका लागि हालको अमेरिकी र चिनियाँ सत्ता खतरा रहेको सोरोसको भनाई छ । उनी डेमोक्र्याटिक पार्टीका प्रमुख दाता समेत हुन् ।

LIVE TV