१० माघ २०७६, शुक्रबार

काठमाडौँ, १० माघ । पत्थरीको समस्याले आठ वर्षीय छोरा ऐया र आत्थु गर्न थालेपछि दाङका शिशिर गौतम रातारात कान्ति बाल अस्पताल आइपुग्नुभयो । स्थानीय नेताले आफूसँग परिचित सो अस्पतालका एक चिकित्सकलाई दाङबाटै फोन गरी ‘राम्ररी उपचार गरिदिन’ भनेका थिए । तिनै नेताकै सिफारिसमा शिशिर सीधै कान्ति बाल अस्पतालका ती चिकित्सकको सम्पर्कमा पुग्नुभयो । ती चिकित्सकले सो अस्पतालमा शल्यक्रिया गर्न महिनौँ पर्खिनुपर्ने हुनसक्छ भन्दै नजिकको एक अस्पतालमा गए सोही दिन शल्यक्रियाको प्रवन्ध गरिदिने बताए ।

घर फर्किनुअघि ती चिकित्सकसँग परामर्श गर्न सोही अस्पतालमा आइपुगेका शिशिरले महिनौँ पर्खिनुभन्दा त्यसै दिन ‘अप्रेसन’ हुने भनेपछि मैले सहमति दिएँ । त्यसै दिन साँझ अप्रेसन गरेर मिर्गाैलाको पत्थरी फाालियो भन्नुभयोे । उहाँका अनुसार नजिकैको निजी बाल अस्पतालमा छोराको शल्यक्रिया गरिएको थियो ।

औषधि र शय्याबाहेक शल्यक्रियाका लागि मात्र ५० हजार रुपियाँ उतिखेरै उहाँले त्यस निजी बाल अस्पताललाई बुझाउनुपर्यो । शिशिर आर्थिक रूपमा सम्पन्न हुनुहुन्थ्यो । त्यसैले छोराको पीडा देख्न नसकी अस्पतालले मागे जति रकम तत्कालै बुझाउनुभयो ।

उता सिरहाका सन्तोष मण्डलले साढे दुई वर्षका छोराको पीडा देख्दादेख्दै पनि आर्थिक अभावले शल्यक्रियाका लागि आठ महिना पर्खिनुपर्यो ।

मलद्वारको संरचना नभएका ती बालकको उपचार गराउन गत वैशाखमा सन्तोष कान्ति बाल अस्पताल आइपुग्नुभएको थियो । चिकित्सकले शल्यक्रियाका लागि माघ १ गते समय दिए । त्यतिन्जेल काम चलाउन चिकित्सकले कोखामा सानो प्वाल बननाइदिएका थिए, त्यहीँबाट दिसा निस्कन्थ्यो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

LIVE TV