राष्ट्रियसभा निर्वाचन : नेकपाका १६ र राजपाका २ निर्वाचित



प्रकाशित मिति : Jan 23, 2020

काठमाडौं, ०९ माघ । राष्ट्रियसभा निर्वाचनमा हालसम्म नेकपाका १६ उम्मेदवार विजयी भएका छन् । १८ पदका लागि भएको निर्वाचनमा नेकपाले हालसम्म १६ र राजपाका २ उम्मेद्वार विजयी भएका हुन् ।

आज भएको मतदानमा प्रदेश १ बाट महिलातर्फ इन्दिरा गौतम, अन्यतर्फ देवेन्द्र दाहाल र दलितर्फ गोपी अछामी विजयी भएका छन् । यस्तै, प्रदेश २ बाट महिलातर्फ तुलसा दाहाल ५ हजार ८ मतभार प्राप्त गर्दै निर्वाचित हुनुभयो ।

दलितबाट राधेश्याम पासवान, अन्यबाट राजपाका मृगेन्द्र यादव र अल्पंख्यकबाट राजपाका शेखरकुमार सिंह विजयी भएका हुन् । यस्तै, वागमती प्रदेशबाट अन्य समूहबाट बेदुराम भुसाल ६ हजार ८ सय १० मतभार प्राप्त गर्दै निर्वाचित हुनभयो भने महिलातर्फ नेकपाकै गंगा बेलवासे ६ हजार ८ सय २८ मतभार प्राप्त गर्दै विजयी हुनुभयो ।

यस्तै, गण्डकी प्रदेशबाट अन्यतर्फ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ३२ सय ६२ मतभार प्राप्त गर्दै विजयी भएका छन् । यस्तै, गण्डकीबाटै महिलातर्फबाट भगवती न्यौपाने निर्वाचित हुनुभएको छ । यस्तै, प्रदेश ५बाट महिलातर्फ नेकपाका विमला घिमिरे, अपांगता तथा अल्पशंख्यकबाट नेकपाका जगप्रसाद शर्मा र अन्यतर्फबाट नेकपाका गोपाल भट्टराई राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

यस्तै, कर्णाली प्रदेशबाट महिलातर्फ नेकपाकी सुमित्रा बिसी ३ हजार ६ सय ८४ मतभार र अन्यबाट नेकपाकी मायाप्रसाद शर्मा ३ हजार ६ सय १८ मतभारसहित निर्वाचित हुनुभएको छ । यस्तै सुदुरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनमा नेकपाका उम्मेदवार शारदा भट्ट बिजयी भएका छन । महिला तर्फ शारदा भट्टले ३ हजार ७ सय ३८ मत प्राप्त गरेर विजयी हुनु भएको हो । नेकपाका स्वाँरले ३ हजार ७ सय २० मतभार प्राप्त गरेर विजयी भएकी छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com