राहदानी विभागको शौचालयको ‘कन्तविजोग’



प्रकाशित मिति : Jan 23, 2020

काठमाडौं, ०९ माघ । सरकारी कार्यालयमा कर्मचारी र सेवाग्राहीका लागि छुट्टा–छुट्टै शौचालय छुट्याइएको हुन्छ ।

कर्मचारीहरुको शौचालय सफा हुन्छ । तर, सेवाग्राहीहरुको शौचालय भने दुर्गन्धित, हेर्न नसकिने हुन्छ ।

जसको उदाहरण परराष्ट्र मन्त्रालय अन्तर्गत केशरमहलमा रहेको राहदानी विभागमा सेवाग्राहीका लागि छुट्याइएको शौचालयलाई लिन सकिन्छ ।

शौचालयबाट बगेको दिसा÷पिसाब सडकमै पुगेको छ । राहदानी बनाउन पुगेका सेवाग्राहीहरु लाइन बस्ने ठाँउमा रहेको सो शौचालय यति दुर्गन्धित छ, कि सेवाग्राही बाहिरसमेत बस्न सक्दैनन् । सास फेर्न सकिन्न यहाँ ।

सेवाग्राहीहरुले शौचालयको विषयमा प्रश्न गर्दा महानगरका कर्मचारी आएर सफा गर्ने भन्दै महानगरमा गएर गुनासो गर्न भन्छन् ।

ड्युटीमा खटिएकी एक सुरक्षाकर्मीले हामीसँग समेत महानगरपालिकाको कर्मचारी आएर विहान÷बेलुका सफा गर्ने गरेको जवाफ दिइन् ।

शौचालयको उक्त अवस्थाले राहधानी विभाग र परराष्ट्र मन्त्रालयकै समेत हैसियत देखाइदिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com