९ माघ २०७६, बिहीबार
  • जनकबहादुर शाही

हुम्ला,०९ माघ । हुम्लामा अत्यधिक चिसोका कारण अस्पताल तथा स्वास्थ्य चौकी पुग्ने बिरामीको संख्या बढेको छ । यस वर्ष भएको हिमपातका कारण चिसो बढ्दा सर्केगार्ड गाउँपालिका वडा नं.३ उनापानी गाउँमा सिजनल फ्लुका बिरामीले गाँउनै थला परेको छ ।

सिजनल रुगाखोकिले सर्केगाड गाउँपालिका ३ उनापानिका ५५ बर्षे रंगमल फडेराको मृत्यु भएको वडाअध्यक्ष गजबहदुर रावतले बताए । गत पुष महिनादेखि रुघाखोकी र ज्वरोले गाउँ भरी बिरामी नै बिरामी छन् । राेगकाे समयमा नै उपचार भएन भने यसले ठूलो रुप लिने वडाअध्यक्ष रावत बताउँछन् ।

औषधी नभएको सर्केगार्ड गाउँपालिका स्वास्थ्य शाखाबाट दिएको औषधी सकिएकाे छ । तर गाउँभरी नै वृद्धवृद्धा बालबालिका, र दमका ५० देखि ६० जना बिरामी परेका छन् । उनीहरूकाे समयमा उपचार गर्न नसके यसले माहामारीको रुप लिन सक्ने जनाइएकाे छ । त्यसैले यस्ताे राेगका बिरामीहरूमाथि गाउँपालिकासहित सरोकारवाला सम्पूर्ण निकायको समयमा ध्यान जानु पर्ने स्थानीयबासी पुसे कार्कीले बताए ।

बिरामीहरु बढ्दै गएका छन् । तर उपचारका लागि गाउँमा एक जना अनमी भएपनि औषधी छैन । वर्षैनि औषधी खरिदका लागि रकम बिनियोजीत गरीन्छ । उक्त पैषा औषधीमा खर्चेकाे देखिदैन ।

औऔषधी ल्याएको भए यो समस्या नआउने थियो भन्छन् उनापानीका स्थानीयबासी अकिल कार्की ।

सिजनल रुगाखोकी फैलेको खबर आउने बितिकै गाउँपालिकामा उपलब्ध औषधी पठाइसकेको छ । नेपाल सरकारले दिने औषधी क्षेत्रिय मेडिकल स्टोरले ढुवानी नगरेको र अन्य बाहिरबाट ल्याउने खरिद गरेको छैन । फागुन महिनासम्म पुग्ने औषधी भएको बताइएको छ । उनापानी गाउँमा स्वास्थ्य संस्था नहुँदा सो समस्या आएको जनाइएको छ ।

सर्केगार्ड गाउँपालिका ३ उनापानि गाउँमा न स्वास्थ्य चौकी छ नत स्वास्थ्यकर्मी नै । जस कारणले समस्या आएको सर्केगार्ड गाउँपालिका स्वास्थ्य शाखा संयोजक सन्तोष धामीले बाताए । उनापानीमा मात्र नभई जिल्ला भरी नै सिजनल फ्लूका बिरामीहरु बढेका छन् ।

जिल्ला अस्पतालका अनुसार चिसोका कारण रुघाखोकी, दम तथा अन्य सिजनल फ्लूका बिरामीहरुको संख्या बढेको हो । अहिले दैनीक ४० देखि ५० जना बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल हुम्लाले जनाएको छ ।

सिजनल रुगाखोकिको उपचारलाई सहज बनाउन पालिकाका सबै स्वास्थ्य संस्थाहरुमा पालिकाको स्वास्थ्य शाखाले औषधी र्पुयाउने व्यवस्था सुरु गरेको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले बताए ।

LIVE TV