नेकपाका नेता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा विजयी



प्रकाशित मिति : Jan 23, 2020

काठमाडौं, ०९ माघ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले ३४ सय ६२ मतभार ल्याएर राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

श्रेष्ठका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मी १ हजार २ सय ६२ मतभारले पराजित भएका छन् । रेग्मीले २२ सय ४४ मतभार ल्याएका हुन् ।

श्रेष्ठले गण्डकी प्रदेशको अन्य समूहबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएका थिए । उनी गोरखा क्षेत्र नम्बर २ मा २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा बाबुराम भट्टराईसँग पराजित भएका थिए ।

त्यसैगरी गण्डकी प्रदेशबाट महिलातर्फ भगवती न्यौपानेले विमला गौचनलाई १०३६ मतले पराजित गरेकी छन् । भगवतीले ३३ सय ३६ मत ल्याएकी छन् भने विमलाले २३ सय ४० मत ल्याएकी जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com