९ माघ २०७६, बिहीबार

जनकपुरधाम, ९ माघ । राष्ट्रियसभा निर्वाचनमा नेकपाकी तुलसा दाहाल विजयी भएकी छन्। उनले प्रतिद्वन्दी कांग्रेसकी नगिना यादवलाई पराजीत गर्दै ५ हजार ८ मत प्राप्त गर्न सफल भएकी हुन् ।

नगिनाले ४ हजार ७४० मत प्राप्त गरेकी छन्। प्रदेश २ मा नेकपाले राजपासँग गठबन्धन गरेका थिए भने कांग्रेस समाजवादी पार्टीसँग गरेको थियो। दलित अल्पसंख्यक समूहको मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार राति ९ बजेसम्म सबै मतपरिणाम आइसक्ने छ।

प्रदेश २ मा राष्ट्रियसभाका चार सदस्यका लागि भएको निार्चनमा ८ जनाले उम्मेदवारी प्रतिस्पर्धामा छन्। निर्वाचनमा नेकपासँग राजपा र कांग्रेससँग समाजवादीले छुट्टाछुट्टै गठबन्धन गरी उम्मेदवारी दिएका थिए।

LIVE TV