९ माघ २०७६, बिहीबार

काठमाडौं, ९ माघ । सरकारले साझा यातायातले निर्धारित समयमा बस सञ्चालन गर्न नसकेपछि सेयरको रुपमा दिएको तीन अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सेयरमार्फत साझा यातायातलाई दिने भनेको तीन अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको हो। साझा यातायात प्रालिलाई सरकारले विद्युतीय बस खरिदका लागि दिएको उक्त रुपैयाँ उपलब्ध गराएको थियो । तर निर्धारित समयमा बस खरिद गरी सञ्चालन गर्न नसकेको भन्दै रकम फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

साथै बास्कोटाले मन्त्रिपरिषदको बैठकबाट विद्युतीय बस खरिदका लागि लागत अनुमानसहित भौतिक तथा यातायात मन्त्रालयलाई जिम्मा दिने सैद्धान्तिक सहमति गरेको बताए ।

LIVE TV