सोनाम ल्होछारको तयारीमा जुटे पप गायक विजय लामा



प्रकाशित मिति : Jan 23, 2020

काठमाडौं, ०९ माघ । तामाङ समुदायको महान पर्व सोनाम ल्होछार आउन केही दिन मात्र बाँकी छ । यस पर्वलाई विशेष बनाउनका लागि कलाकारहरु पनि लागिपरेका छन् ।

तामाङ समुदायको नयाँ वर्ष (सोनाम ल्होछार’लाई विशेष बनाउनका लागि चर्चित पप गायक विजय लामाले पनि तयारी गरिरहेका छन् ।

गायक लामाले दरबारमार्गस्थित भिआईपी लाउञ्जमा शनिबार आफ्नो एकल सांगीतिक प्रस्तुति प्रस्तुत गर्दैछन् । गायक लामाले करीब ३०० भन्दा बढी गीतहरुमा आवाज दिइसकेका छन् ।

आफ्नो प्रस्तुतिलाई उत्कृष्ट बनाउने तयारी गरिरहेका गायक लामाले दर्शक श्रोताहरुलाई भरपुर मरोनञ्जन प्रदान गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

उनले ल्होछार पर्वको दिन दिउँसो टुँडिखेलमा हुने विभिन्न कार्यक्रममा समेत आफ्नो प्रस्तुति गर्ने जानकारी दिएका छन् ।

गायक लामाले स्वदेशभित्रको कार्यक्रम सम्पन्न गरेसँगै सांगीतिक कार्यक्रमकै लागि आगामी ९ फेब्रुअरीमा अष्ट्रेलियाको मेलवर्न शहर प्रस्थान गर्दैछन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com