नागरिकता विधेयकमाथि बलिउड हस्ती नसिरुद्दिन शाह र अनुपम खेरबीच निम्नस्तरको भनाभन



प्रकाशित मिति : Jan 23, 2020

काठमाडौँ, ९ माघ । भारतमा हालै ल्याइएको नागरिकता कानूनको विषयलाई लिएर बलिउड दुई हस्तीबीच भनाभन भएको छ । हालै एक मिडियालाई अन्तर्वार्ता दिने क्रममा नसीरुद्दीन शाहले अनुपम खेरलाई चाप्लुसी र जोकर भनेका छन् । शाहको टिप्पणीमाथि अनुपमले पनि जँड्याहाको संज्ञा दिएका छन् ।

भारतीय जनता पार्टीका समर्थक समेत रहेका अनुपम खेरले खुलेर नागरिकता विधेयकको स्वागत गर्दै आएका थिए। तर यस विधेयकको विपक्षीमा रहेका नसिरुद्दिनले केही दिनअघि एक टिभी कार्यक्रममा अन्तर्वार्तामा दिँदै अभिनेत्री दिपिका पादुकोणले जेएनयुमा भएको विद्यार्थी आन्दोलनलाई साथ दिएर उनको प्रसिद्धिलाई कुनै असर नपर्ने तर अनुपम खेरजस्ता केहीले खुलेर नागरिकता विधेयकको समर्थन गरेको कुरालाई भने गम्भीरताका साथ नलिन आग्रह गरेका थिए । नसिरुद्दिनले अगाडि भने- ‘अनुपम एउटा जोकर हो। उसका साथीहरूलाई उसको चाप्लुस बानीबारे राम्रो जानकारी छ। चाप्लुसीपन उसको रगतमै छ।’

नसिरुद्दिनको प्रतिक्रियाले बलिउडमा निकै हलचल मच्चियो। अनुपमले नसिरुद्दिनलाई लगत्तै जवाफ फर्काए। उनले भने – ‘यिनिहरुमध्ये कसैले पनि तपाईको टिप्प्पणीलाई गम्भीर रुपमा लिएका छैनन् । किनकी यी सबै जानकार छन् कि तपाइँ जुन पदार्थ सेवन गर्नुहुन्छ त्यसले गर्दा तपाइँ के सही के गलत छट्ट्याउन सक्नुहुन्न । मेरो बारेमा नराम्रो बोलेर तपाई केही दिन चर्चामा आउन चाहनुहुन्छ सायद, भगवान तपाईलाई खुशी राखुन् । तपाई यो पनि जान्नुहुन्छकि मेरो रगतमा के छ , मेरो रगतमा मेरो देश भारत रहेको छ ।’


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com