९ माघ २०७६, बिहीबार

काठमाडौँ, ९ माघ । बुधबार घटेको सुनको मूल्य बिहिबार फेरि बढेको छ । बुधबार ५ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७५ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७४ हजार ७ सय सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । यसदिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LIVE TV