४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ



प्रकाशित मिति : Jan 23, 2020

सप्तरी, ९ माघ  । इलाका प्रहरी कार्यालय कल्याणपुरले चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । खडक नगरपालिका–५ का २५ वर्षीय रामभगत चौधरीलाई सो आरोपमा बुधबार पक्राउ गरिएको हो ।

पीडितका बुवाले उजुरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको जनाएको छ । आरोपितले ललाइफकाइ आफ्नो घरमा लगेर माघ ३ गते बालिका बलात्कार गरेको पीडितले दिदीलाई बताएपछि घटना सार्वजनिक भएको हो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com