९ माघ २०७६, बिहीबार

एजेनसी, ९ माघ । लेस्टर सिटी विजयी यात्रामा फर्किएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा लेस्टर सिटीले शानदार जित निकालेको हाे ।

उसले घरेलु मैदानमा भएको खेलमा वेष्ट ह्यामलाई ४–१ ले पराजित गरेर महत्वपूर्ण तीन अंक जोडेको हो । बार्नेसले २४ औँ मिनेटमा गोल गर्दै लेस्टरलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा रिकार्डो परेइराले गोल गरेपछि लेस्टरको अग्रता दोब्बर भयो ।

५० औँ मिनेटमा पाएको पेनाल्टीमा कप्तान मार्क नोबलले वेष्ट ह्यामका लागि एक गोल फर्काए । यस्तै अयोजे पेरेजले ८१ औँ मिनेटमा पाएको पेनाल्टी तथा ८८ औँ मिनेटमा गोल गरेपछि लेस्टर सिटी ४–१ ले विजयी भयो ।

जितपछि तेस्रो स्थानको लेस्टरको २४ खेलबाट ४८ अंक भएको छ । लेस्टर दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा तीन अंकले पछि परेको छ । जित निकाले पनि यो खेलमा लेस्टरका लागि घातक बन्यो ।

उसका महत्वपूर्ण खेलाडी जेमी भर्डी पहिलो हाफमै चोटग्रस्त भएर मैदानबाट बाहिरिए । भर्डी यो सिजन लिगमा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् ।

LIVE TV