नाइजेरियन नागरिकले २० वर्षदेखि हवाईजहाजको आकारमा घर बनाउँदै



प्रकाशित मिति : Jan 22, 2020

एजेन्सी, ०८ माघ । आफ्नो घर सुन्दर र आकर्षक होस् भन्ने चाहना सवैको हुन्छ । त्यसका लागि मानिस सुन्दर घर बनाउन व्यतित गर्ने गर्दछन् । तर नाइजिरियाको राजधानी अबुजाका निर्माण व्यवसायी साइद जमालले एउटा घर बनाउन २० वर्ष खर्च गरिसकेका छन् र अझै पनि उनको घर पूर्ण रुपमा निर्माण सम्पन्न भइसकेको छैन ।

साइद जमालले आफूलाई सबैले चिनून् भनेर परिवार तथा देशका लागि उपहारस्वरूप हवाईजहाज जस्तो देखिने घर बनाएका हुन् । उनले यात्रा गर्न मन पराउने आफ्नी श्रीमती सधै आफू साथै रहुन र उनलाई सधै विमान चढेको अनुभूति होस् भन्ने उद्धेश्यले विमान जस्तो घर बनाएको सुनाउँछन् । सन् १९९९ मा बनाउन सुरु गरेको यो घर अहिले पनि बन्दै छ ।

६ जना सन्तानका पिता रहेका उनका लागि यो जहाज घर मात्र होइन उनको मूल घर हो । जमालको यो घर अहिले पर्यटकको आकर्षण बनेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com