सिट बेल्ट लगाउन भुलेपछि माग्ने बुढा परे ट्राफिकको कारवाहीमा



प्रकाशित मिति : Jan 22, 2020

काठमाडौं, ०८ माघ । हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा) ग्वोर्कोस्थित ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् । सिट बेल्ट नलगाइ कार चालउँदा घिमिरे कारवाहीमा परेका हुन् ।

कारवाहीमा परेका उनले ५ सय जरिवाना तिरेर आफ्नो सवारी चालक अनुपतिपत्र फिर्ता लिएका छन्। उनलाई महानगरिय ट्राफिक महाशाखाको क्वीक रेस्पोन्स टोलिले कारवाही गरेको थियो ।घिमिरेले बा १७ प १५२७ नम्बरको कार चलाएका थिए।

चिट काटेका ट्राफिक प्रहरीले आफूमाथि मिठो बोली र राम्रो व्यवहार गरेको घिमिरे बताउँछन् । उनले ट्राफिक प्रहरीको प्रशंसा गरेका छन् । सिट बेल्ट लगाउन बिर्सेका उनलाई ट्राफिक प्रहरीले मिठो बोलीका साथ चिट काट्छु है भनेको उनको भनाइ छ ।

मिठो बोली र राम्रो व्यवाहर कै कारण घिमिरेले आफूलाई कारवाही गर्ने ट्राफिक प्रहरी जवान सन्तोष चौधरीसंग फेरि भेटे । ट्राफिक प्रहरी जवानलाई भेटेर उनले राम्रो व्यवहारका लागि धन्यबाद दिए । भेटघाटको समयमा घिमिरेले चौधरीको जस्तै व्यवहार अरु सबैले पनि सिक्नुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com