शहीद स्मारक ए डिभिजन लिग : मछिन्द्रद्वारा नेपाल पुलिस पराजित



प्रकाशित मिति : Jan 22, 2020

काठमाडौं, ०८ माघ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मछिन्द्रले पुलिसलाई एक शून्य गोल अन्तरले हराएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रञ्जितले गोल गरेका थिए । खेलको ५४ औं मिनेटमा रञ्जितले फ्रिकिकबाट गोल गरे ।

पुलिसमाथिको जितसँगै मछिन्द्रले लिगमा पाँचौं जित हात पारेको छ । मछिन्द्रले ८ खेलमा १६ अंक जोडेको छ । र, शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरेको छ ।

गोल अन्तरले पछि परेको मछिन्द्र दोस्रो स्थानमा छ । पुलिसले ८ खेलमा ११ अंक जोडको छ । लिगमा तेस्रो हार व्यहोरेको पुलिस छैटौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com