भोलि हुने छैटौं पर्वत महोत्सवको तयारी पूरा



प्रकाशित मिति : Jan 22, 2020
  • सुवास लामिछाने

पर्वत, ०८ माघ । भोलिबाट सुरु हुन लागेको समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजित छैटौँ पर्वत महोत्सवको तयारी सकिएको छ ।

महोत्सवको भोलि दिउँसो १ बजे राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश तिमील्सीनाले उद्घाटन गर्ने कार्यक्रम रहेको उद्योग बाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक केदारनाथ शर्माले जानकारी दिनुभयो ।

महोत्सवको सम्पूर्ण तयारी सकिएको र भोलि ११ बजे पर्वतस्थित सम्पूर्ण संघ संस्था, विद्यालय, नागरिक समाज लगायतले विभिन्न झाँकीसहित महोत्सव स्थलमा प्रवेश गरी कार्यक्रमको उद्धघाटन गर्ने संयोजक शर्माले जनाउनुभयो । गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९–२०२२ तथा नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै स्थानीय उत्पादन, कला संस्कृती र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले माघ ९देखि १९ गतेसम्म महोत्सव आयोजना गरिएको हो ।

मनोरञ्जन तथा बाल उद्यानहरु, साँस्कृतिक झाँकीको तयारीदेखि कलाकारहरुको नामावली लगायतका सम्पूर्ण कार्यहरु सकिएको आयोजक उद्योग बाणिज्य संघले जनाएको हो । महोत्सवको पुर्व सन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा झण्डै दुई सय स्टल बुकिङ्ग सकिएको महोत्सबका प्रचार संयोजक तथा उद्योग उपाध्यक्ष ठाकुर बि पौडेलले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा महिला उद्यमी र कृषकका ३० वटा स्टल निशुल्क उपलब्ध गराइएको छ । आफनो संस्कृती झल्काउने र कृषिका स्टलहरुलाई बढी प्राथमिकता दिएको पनि उहाँले बताउनुभयो ।

महोत्सवमा होटलका १५ स्टल रहेका छन् भने अन्य ब्यवसायिक स्टलहरु रहेको पनि सो अवसरमा उहाँले जानकारी दिनुभयो । यसपटक पर्वत उद्योग बाणिज्य संघका सदस्यहरुले स्टल राख्दा समेत २५ प्रतिशत छुट दिइएको छ । र केहि उद्योग बाणिज्य संघका सदस्यहरुले पनि स्टल राखेको उहाँले बताउनुभयो । महोत्सव अवधिभर सुरक्षाको तयारी पनि त्यसै अनुरुप भइरहेको संयोजक शर्माले बताउनुभयो ।

प्राईभेट सेक्युरेटी, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सुरक्षा दिने गरी सुरक्षाको व्यवस्था मिलाइएको उहाँको भनाई छ । हरेक तीन – तीन वर्षमा हुँदै आएको पर्वत महोत्सवमा भने पाँच लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको छ । महोत्सवमा ५ करोडको कारोबार गर्ने अपेक्षा छ भने महोत्सवको मुख्य प्रायोजकमा प्रभु बैंक रहेको छ । त्य

यस्तै जिल्लाका सातवटै स्थानीय तहहरु सहआयोजकको रुपमा रहेका छन् । कला संस्कृति र कृषि तथा पर्यटन ब्यवसायलाई उजागर गर्न तथा यहाँको ब्यापार ब्यवसायलाई थप ब्यवसायिकरण गर्न महोत्सवले टेवा पुग्ने आयोजकको भनाइ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com