चीनमा कोरोना भाइरसबाट ज्यान जानेकाे संख्या ९ पुग्याे, ४४० जनामा संक्रमण



प्रकाशित मिति : Jan 22, 2020

काठमाडौं, ०८ माघ । चीनमा नयाँ कोरोना भाइरसबाट ज्यान जानेको संख्या ९ पुगेको छ, भने ४४० जनामा यसको संक्रमण देखिएको छ ।

चीनको हुबेई प्रान्तको वुहान सहर कोरोना भाइरस संक्रमणको ‘इपिसेन्टर’ मानिन्छ । वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण चीनका १३ प्रान्तमा पुगिसकेको छ।

भाइरस फैलिदै गएपछि चीनमा पशुबजार र जंगली जनावरमाथि कडा नियमन गर्ने भएको छ । चीनका स्वास्थ्य मन्त्री ली बिनका अनुसार बुधबार चीनमा भाइरसबाट मृत्यु हुनेमध्ये धेरै पाका उमेरका छन् ।

स्वास्थ्य जाँचका लागि चीनमा मानिसहरुको बढी आवतजावत हुने विमानस्थल, बसपार्क र रेल्वे स्टेसन लगायतका स्थानहरुमा थर्मल बडी स्क्यानर राखिएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com