
काठमाडाैं, ८ माघ । पछिल्लो समय सडकलगायत पूर्वाधार निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थ आयात गर्ने क्रम बढ्दै गएको छ।
पछिल्लो चार बर्षको तथ्यांक हेर्दा विस्फोटक पदार्थको माग तीव्र छ। चीनबाट ल्याउन धेरै समय लाग्ने हुँदा अहिले भारतबाट मात्रै विस्फोटक पदार्थ आउने गरेको छ।
चालू आर्थिक वर्षको पाँच महिनामा मात्र २५ करोड १७ लाख ७० हजार रुपैयाँ बराबरको ११ लाख ६३ हजार ६ सय ७० किलो विस्फोटक पदार्थ आयात भएको छ।
सिमेन्ट उत्पादन, सुरुङ, हाइड्रो र सडक निर्माणमा यसको माग बढ्दो छ। सुरुमा चीन सरकारले बनाएका सडकमा भने उतैबाट विस्फोटक ल्याएर निर्माण गरिन्थ्यो। अ
हिले सप्लायर्समार्फत ल्याउने गरिएको छ। गत भदाैदेखि नेपाली सेना आफैंले विस्फोटक पदार्थ उत्पादन थालेकाले आयात कम हुने व्यवसायीको भनाइ छ।
व्यवसायीले गुणस्तरीय विस्फोटक पदार्थ कम मूल्यमै मागअनुसार उपलब्ध गराउनुपर्ने बताउँदै आएका छन्। यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।