७ माघ २०७६, मंगलवार

धनगढी, ०७ माघ । एसोसिएसन अफ एग्रिकल्चर नामक संस्थाका अध्यक्ष गणेश दत्त भट्ट प्रहरी नियन्त्रणमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले अध्यक्ष भट्टलाई गत आइतबार राति धनगढी उप महानगर पालिकाको चटकपुरबाट नियन्त्रणमा लिन सफल बनेको हो ।

उनले ६६ जिल्लाका कृषकलाई १० वर्षसम्म निःशुल्क बिउ–विजन वितरण गर्ने आश्वसन देखाएर लाखौं पैसा उठाउने तथा ५० हजारदेखि २ लाखसम्म धरौटी रकम लिएर नियुक्त गरेका कर्मचारीलाई समेत ठगी गरेका थिए ।

हामीले पहिलो पटक सीधाकुरामा एसोसिएसन अफ एग्रिकल्चरका नाममा ठगी गरेको विषय प्रसारण गर्दा भट्टले गैर–जिम्मेवार बनेर जवाफ दिएका थिए ।

उनको संस्थाले ठगेको कृषकहरुले देशका २० भन्दा बढी जिल्ला प्रसासन कार्यालय र प्रहरी कार्यालयमा उजुरी गरेका छन् ।

मोरङमा समेत यो संस्थाले शाखा विस्तार गरी धेरै किसानलाई ठगी गरेको छ । कैलालीमा पनि उनी विरुद्ध १९ जना किसानले ठगीको उजुरी गरेका थिए ।

LIVE TV