अष्ट्रेलियाकी एक युवती रुखसँग विवाह गर्दै



प्रकाशित मिति : Jan 21, 2020

एजेन्सी, ०७ माघ । तपाईले समलिंगी विवाह त सुन्नुभएकै होला । तर, रुखसँग विवाह पक्कै सुन्नुभएको छैन होला । अस्ट्रेलियाका एक महिलाले पुरुषसंग होइन रुखसंग विवाह गर्ने फैसला गरेकी छिन् ।

एम्मा नामकी महिलाले रुखको नाम टिम राखेकी छिन् । उनले कुनै पुरुषको साथमा भन्दा रुखसँग सम्बन्ध राखेकोमा खुशी भएको बताएकी छिन् । एम्माले कुनै पुरुषले दोस्तीको रुपमा अफर गरेपनि आफुले अस्विकार गर्ने जानकारी दिएकी थिइन ।

उनको यस्तो फैसला पश्चात परिवारले कुनै प्रतिक्रृया भने दिएको छैन । एम्माको रुखसंग विवाह गर्ने फैसला सुनेर चिकित्सकले उनलाई डेंडोफीलिया नामको रोगबाट पीडित भएको बताएका छन् ।

यो रोगका बिरामी रुखप्रति यौन आर्कषण हुने गर्छन् । यसैकारण एम्माले रुखसंग विवाहको योजना गरेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com