वैदेशिक रोजगारीले भित्र्याएको विकृति : समाजमा पारपाचुके गर्नेहरुको संख्या विकराल बन्दै ! (भिडियो)



प्रकाशित मिति : Jan 21, 2020

काठमाडौं, ०७ माघ ।

१. वैदेशिक रोजगारीले भित्र्याएको विकृति : समाजमा पारपाचुके गर्नेहरुको संख्या विकराल बन्दै

वैदेशिक रोजगारीले भित्र्याउने रेमिट्यान्सले मस्त मुलुकमा हुर्कदै गरेको विकृतितर्फ पनि अब ध्यान पु¥याउनु पर्ने अवस्था देखिएको छ । रेमिट्यान्सले गाउँ फेरिएको छ, धेरै गाउँलेहरुको घरबार र रहनसहनमा परिवर्तन आएको छ ।

जमिनदार र मोहीको निशाना मेटिएको छ । तर वैदेशिक रोजगारीले समाजमा सम्बन्ध विच्छेदको घटना चर्कोरुपमा बढ्दै गर्दा धेरैको घरपरिवारलाई उजाड पनि बनाउदै लगेको कहालीतर्फ अब ध्यान भने दिनै पर्ने भएको छ ।

पारिवारिक सदभाव भाँडिदै गर्दा नेपाली समाजको परम्परागत मूल्य मान्यता मासिदै जान थालेका छन् । नेपालमा हरेक जिल्लाको तथ्यांक हेर्ने हो भने सम्बन्ध विच्छेदको घटनाले अदालतमा मुद्दाको चाङ्ग थपिदो छ ।

वैदेशिक रोजगारीमा रहेका श्रीमान या श्रीमतिहरु मध्ये धेरैको बीचमा आपसी विश्वास र समझदारीको डोरी चुँडिदै गर्दा समाजमा पारपाचुकेको कहाली बढ्दो छ । यसले नेपाली समाजको सामाजिक मूल्य मान्यतामा चुनौती थपेको छ नै ।

२. म्याग्दीको हिस्तानमा रहेको महभीर झरना आन्तरिक र वाह्य पर्यटकलाई लोभ्याउदै

नेपालमा पर्यटकीय आकर्षण र सम्भावना बोकेको धेरै स्थानहरु नगन्य अवस्थामा छन् । प्रचार प्रसार एवं प्रवद्र्धनको अभावमा कतिपय यस्ता स्थानहरु गुमनाम बनेर रहेका छन् भने कतिपयले आन्तरिक तथा वाह्य पर्यटकलाई मनग्ये मनोरञ्जन प्रदान गर्दै आएका छन् ।

म्याग्दीको हिस्तानमा रहेको महभीर झरना पनि यस्तै एउटा उदाहरण हो । बेनी–जोमसोम–कोरला सडक नजिकै रहेको पर्यटकीय झरनाले आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या दिन दुई गुना रात चौगुना बढाउदै गएको छ ।

यहाँ पुग्नेहरु झरनाको मज्जामा मात्र नभइ मनोरम हिमश्रृंखला र लोभलाग्दो प्राकृतिक छँटामा मग्न बन्ने अवसर पनि पाउँछन् । यहाँ पुग्नेहरु स्वर्गीय आनन्दको अनुभूति गर्न पाउने भएकाले पनि दोहो¥याई तेह¥याई पनि यहाँ पुग्ने गरेका छन् ।

३. साहसिक खेल क्यानोनिङको पारखीका लागि थपियो स्याङ्जाका पनि अर्को खेल स्थल

क्यानोनिङ साहसिक खेलको अर्को नमुना बनेको छ नेपालका लागि । नेपालका पहाडी तथा उच्च पहाडी क्षेत्रमा बग्ने मनमोहन झरनाहरुमा खेल्न सकिने क्यानोनिङ प्रति अहिले बाह्य तथा आन्तरिक पर्यटकको मोह पनि बढ्दो छ ।

अहिले नेपालमा १९ स्थानमा क्यानोनिङ खेल्न सक्ने व्यवस्था विद्यमान रहेको अवस्थामा स्याङ्जा पनि यो साहसिक खेल थपिएको छ । होमस्टेका लागि उर्वर र उद्गम भूमि स्याङ्जामा थपिएको यो सुविधासंगै आन्तरिक र बाह्य पर्यटक बढ्न विश्वास समेत गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com