सांसद दीपक मनाङेद्वारा फुटबल संघका अध्यक्षमाथि हातपात



प्रकाशित मिति : Jan 21, 2020

काठमाडौं, ०७ माघ । गण्डकी प्रदेशका सांसद दीपक मनाङे भनेर चिनीने राजीव गुरुङ उर्फले (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका छन् ।

मंगलबारदेखि सुरु भएको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनको विषयलाई लिएर कुटपिट गरेको बताइएको छ । मनाङ्गेले गुरुङमाथि झापड हानेका जनाइएको छ । खेलको नियम नबुझी आफूमाथि हातपात गरेकाे अध्यक्ष गुरुङले बताए।

मनाङेले मनाङबाट आएका खेलाडीहरुलाई एक सातादेखि भत्ता दिनुपर्ने भन्दै माग गरेका थिए । उक्त माग अस्वीकार भएपछि सांसद मनाङेले गुरुङलाई कुटिएका हुन्।

प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए । गुरुङमाथि हातपात भएको ५ मिनेटमा मुख्यमन्त्री साे ठाउँमा आईपुग्नु भएको अध्यक्ष गुरुङले बताए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com