एक नम्बर प्रदेश स्तरीय महिला फुटबलको उपाधि मोरङलाई



प्रकाशित मिति : Jan 21, 2020
  • विकास घिमिरे

धनकुटा ७ माघ । धनकुटामा सम्पन्न शहीद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेश स्तरीय महिला फुटवलको उपाधि मोरङ फुटवल संघले जितेको छ ।

धनकुटा सदरमुकाम स्थित तल्लो टुँडिखेलमा मंगलवार सम्पन्न फाइनल खेलमा मोरङले धनकुटा फुटवल संघलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

मोरङले उपाधिसंगै नगद १ लाखसहित ट्रफी हात पारेको छ । त्यस्तै उपविजेतामा चित्त वुझाएको धनकुटाले नगद ५० हजार हात पारेको छ । खेलको ४१ औं मिनेटमा ईमा राईले गरेको एक मात्र निर्णायक गोल नै मोरङको जितका लागि काफी सावित भयो ।

ईमाले पेनाल्टी मार्फत गोल गरेकी थिइन् । विजेता तथा उपविजेता खेलाडीहरुलाई पूर्वमन्त्री सुनिलबहादुर थापा, १ नं. प्रदेश सांसद लीला सुब्बा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com