धादिङ दुर्घटना अपडेट : ढोलामण्डली मेला भर्न गएकाहरु दुर्घटनामा पर्दा ६ ले ज्यान गुमाए



प्रकाशित मिति : Jan 21, 2020
  • बद्रि अधिकारी,

धादिङ, ७ माघ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ८ स्थित ज्यामिरेमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य ३ जनाको उपचारका क्रममा जिल्ला अस्पताल धादिङमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

धादिङकै ज्वालामुखी गाउँपालिका ४ ढोलामण्डलीको दर्शन गरेर फर्कदै गरेको ग१ख ८०१२ नम्बरको आइचर ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा २५ भन्दा बढी घाइते भएको बताइएको छ ।

नीलकण्ठ नगरपालिका–२ भुलभुलेबाट ढोला मण्डलीमा लागेको मेला दर्शन गर्न गएका थिए ।

फर्किने क्रममा नीलकण्ठ नगरपालिका–८ मैदी भन्ज्याङमा दुर्घटना भएको हो । घाइतेहरुको उद्धार गरी अहिले जिल्ला अस्पताल ल्याइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com