दीपिकामाथि सामाजिक सञ्जालमा आक्रोश – प्रचार प्रसारको सबैभन्दा घटिया तरीका



प्रकाशित मिति : Jan 21, 2020

एजेन्सी । अभिनेत्री दीपिका पादुकाेणले बनाएको टिकटक च्यालेन्जलाई लिएर नकारात्मक टिप्पणी शुरु भएको छ ।

एसिड पीडित लक्ष्मी अग्रवालको वास्तविक कथामा आधारित फिल्म ‘छपाक’मा अभिनय गरेकी दीपिकामाथि सामाजिक सञ्जालमा टिकटक इन्फ्लुएन्सरलाई ‘छपाक’को लुक्समा देखिन गरेकाे टिकटक च्यालेन्जकाे भिडियाेलाई लिएर आक्रोश बढेको हो ।

दीपिकाको यस टिकटक चुनौतीलाई संवेदनहिन, मूर्खतापूर्ण र प्रचार प्रसारको सबैभन्दा घटिया तरीका भनेर खेद प्रकट गरिएको छ । साथै उनलाई आफुले के गर्दैछु भनेर लाज समेत नलागेको भन्दै राेष प्रकट गरेका छन् । लाग्न पर्ने हो सोशल मिडियामा भाइरल भएको ३९ सेकेण्डको भिडियोमा दीपिकाले मेकअप आर्टिस्ट फेबीलाई आफ्नो सबैभन्दा मन पर्ने तीन लुक्स रिक्रियट गर्ने चुनौती दिन्छिन् ।

जसमा पहिलो दीपिकाकै पहिलो फिल्म ‘ओम शान्ती ओम’ दोस्रो ‘पिकु’ र तेस्रो ‘छपाक’को लुक्स रहेकाे छ । दीपिकाको चुनौती स्विकार गरेकी फेबीको ‘छपाक’ लुक्सलाई लिएर धेरैले तेजाब पीडितको भावनासँग खेलवाड गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । साथै दीपिकाले यस फिल्ममा अभिनय गर्नुको उद्देश्यमाथि समेत प्रश्न गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com