धादिङको मैदीमा ट्रक दुर्घटना हुँदा ६ को ज्यान गयो, २७ जना घाइते



प्रकाशित मिति : Jan 21, 2020

धादिङ, ०७ माघ । घादिङको नीलकण्ठ गाउँपालिका–८ मैदी भन्ज्याङमा ट्रक दुर्घटना हुँदा ६ को ज्यान गएको छ ।

यसै दुर्घटनामा परी अन्य २७ जना घाइते भएका छन्, जसमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जानकारी गराइएको छ ।

मंगलबार घादिङको ढोलमण्डली मन्दिरमा पूजा गरेर फर्केका स्थानीयहरु चढेका ग१ख ८०१२ नम्बरको (आइचर)ट्रक दुर्घटनामा परेको हो ।

घटनास्थलमा नेपाल प्रहरी र स्थानीयहरुले उद्धार गरिरहेका छन् । के कारण उक्त ट्रक दुर्घटना भयो भन्ने विषयमा जानकारी गराइएको छैन ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com