खोलामा डुबेको अवस्थामा लेखापरीक्षक प्रवलको शव फेला



प्रकाशित मिति : Jan 21, 2020

विराटनगर, ०७ माघ । विराटनगरमा सिंघिया खोलामा डुबेको अवस्थामा एक जनाको शव फेला परेको छ ।

विराटनगर महानगरपालिका–२ तीन पैनीका ५० वर्षीय लेखापरीक्षक प्रवल घिमिरेको शव डुबेको अवस्थामा भेटिएको हो। उनी प्रवल एण्ड एसोसिएट फर्मका सञ्चालक समेत थिए ।

घिमिरेको शव स्थानीयले मंगलबार बिहान खोलामा डुबेको अवस्थामा देखेपछि प्रहरीलाई सर्मक गरेका थिए। मृत अवस्थामा भेटिएको उनीसंग मोटरसाइकलको चाबी र पर्स थियाे ।

जिल्ला प्रहरी कार्यालय मोरङकाका अनुसार घिमिरेको शव पोष्टमार्टमका लागि कोशी अस्पतालमा पठाएकाे छ । सो घटनामाथि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com