‘ह्यून्डाई कोना ईलेक्ट्रिक’ले कायम ग-यो गिनिज वल्र्ड रेकर्ड



प्रकाशित मिति : Jan 21, 2020

काठमाडौं, ०७ माघ । ईलेक्ट्रिक एसयुभी कोनाले गिनिज वल्र्ड रेकर्डसको प्रतिष्ठित उपाधि जित्न सफल भएको छ ।

ह्यून्डाई कोना ईलेक्ट्रिक पहिलो ईलेक्ट्रिक एसयुभी हो, जसलाई ५,७३१ मिटरको उचाईमा टिबेटको साउला पाससम्म चलाइएको थियो । यो चढाई पश्चात् कोनाले ५,७१५.२८ मिटर उचाईको अन्य ईलेक्ट्रिक कारको पछिल्लो रकर्ड सजिलै तोडेको थियो ।

‘ह्यून्डाई कोना ईलेक्ट्रिक’ले गिनिज वल्र्ड रेकर्डसको प्रतिष्ठित उपाधि जित्नु ह्यून्डाईसँग सम्बन्धित हरेक व्यक्तिको लागि गर्वको पल भएको बताइएको छ, जुन ज्यादै उल्लेखनीय उपलब्धि हो ।

कोना ईलेक्ट्रिकले ईलेक्ट्रिक भेहिकल सम्बन्धी विभिन्न भ्रमहरुलाई तोडेर ईलेक्ट्रिक क्रान्ति ल्याउन सफल भएको छ । ईमिशन इम्पोसिबल मिशन अन्तर्गत, कोना ईलेक्ट्रिकले विश्वको सबैभन्दा अप्ठ्यारो भू–भागमा पर्पmर्मेन्स गर्दा कुनै सम्झौता नगरी आफ्नो क्षमतालाई प्रमाणित गरेको छ ।

गिनिज वल्र्ड रेकर्डसका एड्जुडिकेटर ऋषी नाथले भने, ‘सर्वाधिक उचाईमा पुग्ने ईलेक्ट्रिक कारको लागि हाँसिल गरेको यो उपाधिका लागि ह्यून्डाई मोटरलाई म हार्दिक बधाई दिन चाहन्छु । यो उपलब्धिसँगै ह्यून्डाईले इतिहासमै कीर्तिमानको नयाँ मापदण्ड बनाउन सफल भएको छ ।’


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com