७ माघ २०७६, मंगलवार
  • रामगोपाल तमखु,

भक्तपुर, ०७ माघ । नेपाल भ्रमण वर्ष–२०७६को अवसर पारेर बेल्जियमकी युवराज्ञी एष्ट्रिड र युवराज लोरेञ्जसहित १२ जनाको प्रतिनिधि मण्डलले भक्तपुर अवलोकन गरेको छ ।

मंगलबार बिहान करीब ९ बजे भक्तपुर दरबार क्षेत्र आइपुगेको प्रतिनिधि मण्डललाई पर्यटनमन्त्री योगेश भट्टराई र भक्तपुर नगरपालिकाका प्रमुखललगाएतको टोलीले भादगाउँले टोपी लगाइदिएर स्वागत गरेको थियो ।

भ्रमणका लागि आएको प्रतिनिधि मण्डलले दरबार क्षेत्रमा साँस्कृतिक नाच ‘लाखे प्याखं’ उत्सुक्ताका साथ अवलोकान गरेको थियो ।

त्यसपछि टेकोमा अढिएको राष्ट्रिय चित्र संग्रहालय, सुनको ढोका (गोल्डेन गेट) तलेजु मन्दिर, नाग पोखरी, ५५ झ्याले दरबारको, सिद्धि लक्ष्मी मन्दिर, फसी देगलगाएतको अवलोकन गरेको थियो ।

दरबार क्षेत्र अवलोकनपछि बताले हुदै तःमारी चोकमा रहेको ङातापोल्हँ मन्दिर र भैरव मन्दिरको अवलोकन पश्चात एक क्याफेमा नास्ता गर्दै महाकाली नाचको अवलोकन गरेको थियो ।

LIVE TV