ट्याक्टर दुर्घटनामा परी जुम्लामा एक बालकको ज्यान गयो



प्रकाशित मिति : Jan 21, 2020

जुम्ला, ०७ माघ । ट्याक्टर दुर्घटनामा परी गएराति जुम्लामा एक बालकको ज्यान गएको छ । जिल्लाको पातारासी गाउँपालिका २ बाँतामा भएको उक्त दुर्घटनामा अन्य तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

मृत्यु हुनेमा सोही स्थानका सात बर्षीय सुदिप बुढा रहेका छन् । घाइते मध्ये एकको अवसथा गम्भीर रहेको प्रहरीले बताएको छ ।

उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। बाँतागाउँबाट जुम्ला सदरमुकामतर्फ आउँदै गरेको ट्याक्टर अन्यन्त्रीत भएर दुर्घटनामा परेको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com