मनाेमानी शुल्ककाे विराेधमा प्रजिअलाई ज्ञापन-पत्र



प्रकाशित मिति : Jan 21, 2020
  • घनश्याम मिश्र

जनकपुरधाम, ७ माघ । प्रदेश- २ मा रहेका सिटिइभिटीसम्बद्ध कलेजहरुले मनोमानी रुपमा विद्यार्थीबाट शुल्क लिइरहेको भन्दै धनुषाका प्रमुख जिल्ला अधिकारीलाई आइतबार ज्ञापन पत्र बुझाइएको छ ।

सिटिइभिटीले तोकेको शुल्कभन्दा अधिक सुल्क सम्बद्ध कलेजहरुले उठाउँदा विद्यार्थीहरु आर्थिक मारमा पर्न लागेकाे आन्दोलनरत विद्यार्थीहरुको बुझाइ रहेको छ । उनीहरूले बढी लिएको शुल्क फिर्ता हुनुपर्ने माग राखेका छन् ।

सिटिइभिटीले तोकेको शुल्कमा पढ्ने वातावरण मिलाइदिन भन्दै धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कनेललाई ज्ञापन पत्र बुझाएको नेबिसंघ सिटिइभिटी प्रदेश- २ का अध्यक्ष इन्द्रजीत गोइतले जानकारी दिए ।

आफूहरुको माग सात दिनभित्र पूरा नभए सिटिइभिटीसंग सम्बन्धित शैक्षिक संस्थाहरु र सिटिइभिटी प्रदेश कार्यालयमा समेत आन्दोलनका कार्यक्रम गर्ने तरुण दल धनुषाका युवा नेता सर्वजीत यादवले जानकारी दिए ।

सोमवार ज्ञापन-पत्र बुझाउने कार्यक्रममा नेविसंघ जिल्ला सचिव नवीन यादव र निवर्तमान केन्द्रीय सदस्य साधु गोइतसहितका विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com