प्रधानमन्त्री ओली र मोदीबीच आज ‘भिडियो कन्फ्रेन्स’ हुँदै



प्रकाशित मिति : Jan 21, 2020

काठमाडौं, ०७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज ’भिडियो कन्फ्रेन्स’मार्फत एकैसाथ विराटनगरमा निर्माण गरिएको एकीकृत जाँच चौकी (आइसीपी) उद्घाटन गर्नु हुने भएको छ ।

file picture

जाँचचौकी एक अर्ब १४ करोड रुपैयाँ लागतमा भारत सरकारले निर्माण गरेको हो । त्यही जाँचचौकीलाई दुवै देशका प्रधानमन्त्रीले एकैसाथ स्वीच थिचेर उद्घाटन गर्न लाग्नु भएको हो ।

प्रधानमन्त्री ओलीले काठमाडौँ र उहाँका भारतीय समकक्षी मोदीले दिल्लीबाट एकै समयमा ‘स्वीच अन’ गरी चौकीको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

उद्घाटनपछि नेपालबाट सामान बोकेको ट्रक भारततर्फ र भारतबाट सामान बोको ट्रक नेपाल भित्रने छ । भारतको सिमाना नजिकै १ सय २९ विघा क्षेत्रफलमा जाँचचौकी निर्माण गरिएको छ ।

नेपालतर्फ बनेको जाँचचौकी भारतले केहि दिनअघि नै हस्तान्तरण गरिसकेको थियो । जाँच चौकी निर्माणपछि विराटनगर रानीसँग जोडिएको जोगबनी बजारका साथै सीमावर्ती सडकको सवारी चाप पनि घट्ने विश्वास लिइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com