देशभर मौसम बदली, पश्चिम नेपालतिर वर्षाकाे सम्भावना



प्रकाशित मिति : Jan 21, 2020

काठमाडाैँ, ७ माघ । सोमबार दिउँसो प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बढ्दै गएको छ । जसका कारण आज देशभर मौसम बदली भएको छ ।

file photo

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना छ । यसैगरी पश्चिम नेपालका केही स्थानमा हल्का वर्षाको पनि सम्भावना छ ।

मध्य र पूर्वी क्षेत्रमा पनि मौसम आंशिकदेखि पूर्ण बदली भएको महाशाखाले जनाएको छ । तर यस क्षेत्रमा पानी पर्ने सम्भावना भने नदेखिएको बताइएको छ । तर मध्य र पूर्वका पनि उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना भने रहेको रहेको छ ।

काठमाडौं उपत्यकामा पनि मौसम बदली भएको छ । उपत्यकामा आज दिनभर घाम लाग्ने सम्भावना कम छ । तर पानी पर्ने सम्भावना पनि रहेको छैन । मध्य र पूर्वी तराईमा हुस्सु/कुहिरो लागिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com