गृहयुद्धका वेला बेपत्ता रहेका २० हजार नागरिककाे मृत्यु भइसक्याे : श्रीलंकाली राष्ट्रपति



प्रकाशित मिति : Jan 21, 2020

एजेन्सी, ७ माघ । श्रीलंकाका राष्ट्रपतिले पहिलोपकट देशमा चलेको गृहयुद्धको क्रममा बेपत्ता भएकाहरुका बारेमा औपचारिक रुपमा बोलेका छन् ।

गृहयुद्धमा बेपत्ता भएका २० हजार भन्दा बढी मानिसहरुको मृत्यु भएको राष्ट्रपति गोताबाया राजापाक्षले पहिलो पटक स्वीकार गरेका हुन् ।

राजधानी कोलम्बोमा संयुक्त राष्ट्रसंघका दूतहरुसँगको बैठकको क्रममा राष्ट्रपति राजापाक्षले बेपत्ताहरुको मृत्यु भएको बताएका हुन् ।

राष्ट्रपति कार्यालयबाट जारी गरिएको वक्तव्यमा हाल बेपत्ताको सूचिमा रहेकाहरुलाई मृत घोषित गरी उनीहरुको मृत्यु प्रमाणपत्र जारी गर्ने प्रक्रिया सुरु हुने जनाइएको छ ।

बेपत्ता मानिसका सयौँ परिवारहरुले आफ्ना प्रियजनको अवस्था र उनीहरु कहाँ छन् भन्ने थाहा पाउनु पर्ने माग गर्दै श्रीलंकामा -याली गर्ने गरेका छन् । अधिकांशले आफ्ना प्रियजन अझै पनि जीवित नै छन् भन्ने आश गुमाएका छन् । तर उनीहरुको अवस्था औपचारिक रुपमा थाहा पाउनु पर्ने उनीहरुको माग छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com