नेकपाका नेता रामबाबु ठगी मुद्दामा नियन्त्रणमा



प्रकाशित मिति : Jan 20, 2020
  • इरफान अली

वीरगञ्ज ०६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता रामबाबु बैठा ठगी मुद्दामा नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको (असई) पदमा जागिर लगाइदिने भन्दै ७ लाख घुस लिएको आरोपमा प्रहरीले सोमबार नेकपा प्रदेश २ का सदस्य बैठालाई नियन्त्रणमा लिएको हो ।

पर्साका प्रहरी उपरीक्षक समोन्द्र सिंह राठौरका अनुसार २०७२ सालमा रौतहटको मौलापुर नगरपालिका–७ सगैया निवासी प्रदिपकुमार साहलाई जागिर लगाइदिने भन्दै बैठाले ७ लाख घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्सामा २ महिना अगाडि नै मुद्दा दर्ता भएको थियो ।

उक्त ठगी मुद्दामा ३ जनाविरुद्ध मुद्दा दर्ता गरिएकोमा २ जना नियन्त्रणमा लिएको थियो । उनीहरु केही दिन पहिला नै अदालतको आदेश अनुसार धरौटीमा रिहा भइसकेका थिए ।

प्रमुख अभियुक्त मानिएका पोखरिया नगरपालिका–१ बनकटवा निवासी बैठा सोमबार आफैँ जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com