प्रदेश लोकसेवा आयोग सिफारिस समितिद्वारा प्रदेश १ मा तीन जनाको नाम सिफारिस



प्रकाशित मिति : Jan 20, 2020
  • तारा आचार्य

विराटनगर, ६ माघ । प्रदेश लोकसेवा आयोग सिफारिस समितिले प्रदेश नं. १ मा तीन जनाको नाम सिफारिस गरेको छ ।

प्रदेश लोकसेवा आयोगको अध्यक्षमा उत्तम कुमार भट्टराई, सदस्यमा टिकादत्त राई र कांग्रेस कोटाबाट सजना दाहाललाई सिफारिश गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो । भट्टराई पूर्व कृषि सचिव हुनुहुन्छ भने राई प्रदेश नं. १ मुख्यमन्त्रीको कार्यालयका सचिव हुनुहुन्छ ।

प्रदेश लोकसेवा आयोग सम्बन्धी ऐन२०७६ अनुसार सिफारिस समितिले प्रदेश प्रमुख समक्ष नाम सिफारिश गरेको हो । सिफारिश समितिमा प्रदेशका मुख्यमन्त्री, सभामुख र प्रमुख विपक्षी दलका नेता रहने प्रावधान छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com