मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सैन्य गठबन्धन होइन : प्रदीप ज्ञवाली, परराष्ट्रमन्त्री



प्रकाशित मिति : Jan 20, 2020

काठमाडौं, ६ माघ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सैन्य गठबन्धन नभएको आफ्नो अडान दोहो¥याउनुभएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्यलाई ब्रिफिङ गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले सैन्य गठबन्धनसँग एमसीसीको सम्बन्ध नभएको बताउनुभएको हो ।

सन् २००४ देखि नै एमसीसी सम्झौताका लागि नेपालले पहल गरेको उल्लेख गर्दै उहाँले एमसीसी विशुद्ध गरिबी निवारण र पूर्वाधार विकास सम्बन्धी कार्यक्रम भएको बताउनुभयो ।

एमसीसीबारे तर्क वितर्क गरिरहने आवश्यक नभएकाले संसदबाट पास गर्नुपर्नेमा समेत जोड दिनुभयो । राष्ट्रियसभामा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराइले एमसीसीबारे दलमा एउटै मत बनोस भन्ने समेत परराष्ट्रमन्त्री ज्ञवालीको ध्येय रहेको बताउनुभयो ।

सरकारले गरेको अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहायता सम्बन्धी सम्झौता खासगरी अमेरिकाको इण्डोप्यासिफिक रणनीति भित्र रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै विवाद बढ्दै गएको छ । तर, सरकारले कुनै पनि हालतमा अनुमोदन गर्ने अडान लिँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com