स्थानीय तहमा वेथिति : सार्वजनिक जग्गामा भारतीय नागरिकलाई घर बनाउन अनुमति



प्रकाशित मिति : Jan 20, 2020
  • भगतराम थारु

नेपालगञ्ज, ०६ माघ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ को सार्वजनिक जग्गा भारतीय नागरिकलाई उपलब्ध गराईएपछि स्थानीयवासी विरोधमा उत्रिएका छन् ।

वडा नं. १४ को लापरवाहीका कारण वडा कार्यालय कै अगाडि भारतीय नागरिकलाई भवन बनाउन १० धुर जग्गा वडा कार्यालय उपलव्ध गराएको हो ।

वडाको मिलोमतोमा सार्वजनिक जग्गा हिनामिना गर्नु वडा कार्यालयको सरासर गलत कार्य भएको भन्दै स्थानीयवासी विरोधमा उत्रिएका छन् ।

सकेसम्म स्थानीय गरीब दुःखी नागरिकलाई सार्वजनिक जग्गामा घर बनाउन दिएको भए विरोध हुदैनथ्यो तर भारतीय नागरिकलाई जग्गा दिएपछि विरोधमा उत्रिन बाध्य भएको स्थानीयवासीको भनाइ छ ।

गैर नेपाली नागरिकलाई सार्वजनिक जग्गामा भवन बनाउन दिनु कुनै पनि हालतमा मान्य नहुने भन्दै स्थानीयवासीले निर्णय सच्याउन दबाब दिन थालेका छन् ।

बारम्बार वडा कार्यालयले आफ्नो मनोमानीमा सार्वजनिक जग्गा अरुलाई भोगचलनको लागि दिने गरेको स्थानीय धमेन्द्र कुमार बर्माको आरोप छ ।

स्थानीयवासी विरोधमा उत्रिएपछि वडाध्यक्ष मिश्र धम्की दिदै

सार्वजनिक जग्गामा घर निर्माण भएको थाहा पाउँदा स्थानीय नागरिकले वडालाई जानकारी गराउँदा उल्टै दादागिरी शैलीमा धम्क्याउने गरेको स्थानीय युवाहरुको गुनासो छ ।

सार्वजनिक जग्गामा करिव १ महिना अगाडिदेखि घरनिर्माण हँुदा पनि स्थानीय सरकार मौन रहेको उनीहरुको आरोप छ ।

सार्वजनिक जग्गामा स्थानीय जनतासंग विना जानकारी आफ्नै खुसीमा मनपरितन्त्रले काम भइरहेको स्थानीय श्रवणकुमार सिंहले बताउनुभयो । यति मात्र नभइ धेरै ठाउँमा सार्वजनिक जग्गा अधिग्रहण भएको समेत उहाँले जानकारी दिनुभयो ।

वडा नं. १४ मै ३ ठाउँमा सार्वजनिक जग्गा अन्यले कव्जा गरेर बसेको स्थानीयवासीको भनाइ छ । वडा कार्यालय कै अगाडि रहेको सभागृह नजिकै १० धुर जग्गा भारतीय नागरिकलाई वडाले भोगचलन गर्न दिएपछि स्थानीय युवाहरु त्यसको विरोधमा उत्रिएका छन् ।

उनीहरु बारम्बार वडालाई दवाव दिदा समेत वडाले सुनवाई नगरेपछि नेपालगन्ज उपमहानगरपालिकामा ज्ञापन पत्र समेत दिने तयारीमा पुगेका छन् ।

स्थानीय जनता गुनासो लिएर पुग्दा समेत वडाध्यक्ष ओमकार नाथ मिश्रले धम्कीपूर्ण व्यवहार गर्ने गरेको स्थानीयवासीको गुनासो छ ।

सानो सानो विवादमा पनि वडाध्यक्ष मिश्रले आक्रोश व्यक्त गर्दै स्थानीयलाई धम्क्याउने समेत गरेको स्थानीयवासीको आरोप छ । वडामा मात्र नभइ वडाका ३÷४ ठाउँमा सार्वजनिक जग्गा मिचिएको स्थानीय रामप्रसाद कुर्मीले बताउनुभयो ।

सार्वजनिक जग्गामा संघ संस्था र व्यक्तिलाई जिम्मा लाउँदा स्थानीय जनता कसरी खुसी हुन्छन भन्दै कुर्मीले प्रश्न समेत गर्नुभयो ।

घर बनाउन दिएको नेपाली नागरिक नै हो : वडाध्यक्ष मिश्र

स्थानीय सरकार आएपछि आफुखुसी कार्य भैरहेको देखेर स्थानीयवासीमा असन्तुष्टि बढ्दो छ । वडा अध्यक्ष लगायतको टिमले आफ्नो मनपरि तरिकाले शक्तिको दुरुपयोगको मनोमानी कार्य भैरहेको स्थानीयले जनाएका छन् ।

This image has an empty alt attribute; its file name is jagga4-768x494.jpg

यता वडा नं. १४ का वडाध्यक्ष ओमकारनाथ मिश्रले भने वडाको सिफारिसमा चियानास्ता पसल सञ्चालन गर्न दिएको दावी गर्नुभयो ।

वडाले जतिवेला नि हटाउन सक्ने उहाँको भनाइ थियो । वडाको सिफारिसमा बनिरहेको घर सार्वजनिक जग्गामै रहेको पनि उहाँले जानकारी गराउनुभयो ।

जसलाई नास्ता पसल सञ्चालन गर्न दिइएको हो उनी नेपाली नागरिक भएको दावी गर्दै उहाँले गरीव परिवारको हुनाले वडाको सिफारिसमा चिया नास्ता पसल गर्न दिइएको जिकिर पनि गर्नुभयो ।

जताततै मिचियो सार्वजनिक जग्गा नेपालगञ्जमा

सार्वजनिक जग्गा मिचिने घटना नयाँ होइन । २० बर्ष जनप्रतिनिधि नभएको मौका छोपी नेपालगन्ज उपमहानगरपालिका क्षेत्र भित्र रहेका धेरै सार्वजनिक जग्गा मिचिएका छन । धेरै स्थानमा भौतिक पूर्वाधार निर्माण गरिएको छ ।

तर स्थानीय निकाय भने मौन रहेको छ । यद्धपि वडा नं १४ को भवानियापुरमा सार्वजनिक जग्गाको संरक्षणको काम भएको तथा वडा नं २२ मा कान्जी हाउस निर्माण, वडा नं २० मा विद्यालयको जग्गा संरक्षण गरिएको उपमहानगरपालिको जानकारी दिएको छ ।

नेपालगन्ज वडा नं. १९ मा सोल्टी होटल नजिक २३ कठ्ठा जग्गा संरक्षणमा भने चुनौती देखिएको छ । नेपालगन्ज उपमहानगरपालिकामा २ सय २५ विगाह जग्गा ऐलानी फेला पारिसकेको उपमहानगरपालिकाले जानकारी दिएको छ । यस्तै सल्यानीबागमा रहेको सार्वजनिक जग्गामा चिल्डे«न पार्क निर्माण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com