सेटिङमै विना भन्सार काठमाडौं ल्याइन्छ सुर्तीजन्य वस्तु



प्रकाशित मिति : Jan 20, 2020
  • रोशन दानी

काठमाडौं, ०६ माघ । राजधानीमा पछिलो समय भन्सार छलि गरेर विभिन्न सामग्री भित्र्याउने गरेका छन् । लत्ताकपडा देखि दैनिक उपभोग्य वस्तु राजस्व छलेर तस्करहरूले सेटिङमा राजधानी भित्र्याउने गरेका छन् ।

तस्करहरुले दिउँसै भन्सार नतिरी सामान राजधानी ल्याएर पसल–पसलमा पुर्याउने गरेको छन् । भर्खरै मात्रै प्रहरीले राजधानीबाट भारी मात्रामा सुर्तिजन्य तथा पान मसलालगायतका वस्तुहरु अवैध रुपमा भन्सार छली गरेर बजार पठाईरहेको छ भने सुचना प्राप्त गर्यो ।

प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याई लुकाई छिपाई काठमाडौँलगायत देशका विभिन्न ठाउँमा अवैध कारोबार गर्ने तीन जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेपछि सो तथ्य पुष्टि भएको छ ।

काठमाडौँको सुन्धारा, ललितपुरको धापाखेल तथा काठमाडौँको गौरिघाटस्थित गोदामबाट सामानसहित उनीहरुलाई पक्राउ गरिएको महाशाखाका एसपी मुकेश कुमार सिंहले बताए । महानगरीय अपराध महाशाखा टेकुले पत्रकार सम्मेलन उनीहरुलाई सार्वजनिक गरेको हो ।

प्रहरी उपरीक्षक सिंहले पक्राउ पर्नेमा काठमाडौंको सुन्धारा बस्ने भारत मोतिहारी घर भएका २७ वर्षीय मोहमद आदिल हुसेन, ललितपुरको खुमलटार बस्ने नुवाकोट घर भएका ३० वर्षीय नारायण बोगटी, र काठमाडौँको गौरिघाट बस्ने भारत छपराका ४५ वर्षीय उदय भनिने शरण कुमार सिंह पक्राउ परेका छन् ।

सुर्तिजन्य तथा पान मसला, कपडा, मोटर पार्टसलगायतका सामाग्रीहरु भन्सार छलेर चोरी पैठारी गरी भारतबाट ल्याई सिमावर्ती क्षेत्रमा जम्मा गर्ने र काठमाडौँलगायत देशका विभिन्न ठाउँमा विक्री वितरण गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

कालो सुर्ती पानमसला, गुठखा, तुलसी लगायत अवैध गोदामवाट प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाएको छ ।

उनीहरुको साथबाट रजनीगन्ध सिल्भर पेरिस लेखिएको प्याकेट २१५३ थान, रजनीगन्ध तुल्सी प्याकेट ३१६० थान, बबलु गोल्ड भुनी सुपारी लेखिएको सुपारीको प्याकेट ४२ थान, राज निवास पान मसला लेखिएको गुट्खाको पोका १८० थान, केशरयुक्त विमल पान मसला लेखिएको प्याकेट ६० थान, गलु दन्त मन्जनको प्याकेट २७५ थान, वि–१ तम्बाकु लेखिएको पोका ९० थान बरामद भएको छ ।

यस्तै, राजमा शर्मिला लेखिएको मिठा पान मसला ८१९ थान, स्नोपिक नथिना लेखिएको मिठा पान मसलको बट्टा ६०० थान, बाबा १२० लेखिएको जर्दा मान मसलाको बट्टा ४२९ थान बरामद गरिएको प्रहरी उपरीक्षक सिंहले बताए ।

त्यस्तै उनीहरुबाट चुरोटको बट्टा ६७ थान, कथ्थाको प्याकेट ५५ थान, गुलाब स्प्रे पान मसलाको बोटल ४४ थान, पान हनिको बट्टा ३१० थान, पास पास माउथ फ्रेस पोका २८ थान, मधु स्विट सुपारी प्याकेट ४००० थान, सरैया तमाखु प्याकेट ७१ थान, चैनी खैनी प्याकेट १० थान, नेपाली विडी २४ थान, कोल ट्याब्लेटको पोका थान १०, गुलको डिब्बा थान ८१२ डिब्बा, कालो सुर्नीको प्याकेट ४५५० थान समेत बरामद भएको छ ।

बरामद सामानहरुको बजार मूल्य ५० लाखभन्दा बढी रहेको प्रहरीले जनाएको छ । राजधानीमा प्रहरीले बेलाबखत भन्सार छलिका सामन बरामद गर्दै आएको छ तर सुरक्षा जाँचमा धेरै कठिनाइका बावजुत पनि वेला बखत यस्ता कार्य रोकथाम गर्न अप्रेसन गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com