कोरोना भाइरसबाट चीनमा तीनको मृत्यु, संक्रमितको संख्या २ सय पुग्यो



प्रकाशित मिति : Jan 20, 2020

एजेन्सी, ०६ माघ । चीनमा कोरोना भाइरसबाट तीन जनाको मृत्यु भएको छ । चिनियाँ अधिकारीका अनुसार कोरोना भाइरसबाट तीन जनाको मृत्यु भएको र संक्रमितको संख्या २ सय पुगेको हो ।

चिनियाँ आधिकारिक विवरण अनुसार पछिल्लो समयमा ४५ जना सो भाइरसबाट संक्रमित भएको प्रयोगशाला प्रशिक्षणबाट पुष्टि भएको थियो ।

चीनका धेरै सहरमा फैलिएको यो भाइरस अब चीनको वुहान सहरमा समेत देखिएको छ । ‘कोरोना’ भाइरस एक जटिल किसिमको भाइरस भएको विश्व स्वास्थ्य संगठनको दावी छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com