सभामुखको निर्वाचन माघ १२ गते हुने



प्रकाशित मिति : Jan 20, 2020

काठमाडौं, ०६ माघ । सभामुख पदका लागि माघ १२ गते निर्वाचन हुनेभएको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बसेको दोश्रो बैठकले सभामुख पदका लागि निर्वाचन माघ १२ गते गर्ने घोषणा गरेको हो ।

नेकपाले स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख उम्मेदवार बनाउने भएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि उम्मेदवारी दिने तयारी गरेको छ । सभामुख निर्वाचन सकिएपछि उपसभामुखको निर्वाचन प्रक्रिया सुरू हुनेछ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com