‘ए’ डिभिजन लिग : संकटाले ब्रिगेड ब्वाइजसँग बराबरी खेल्याे



प्रकाशित मिति : Jan 20, 2020

काठमाडौं, ०६ माघ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले ब्रिगेड ब्वाइजसँग बराबरी खेल्दै अंक बाडेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटा र ब्रिगेडले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् । दुवै टोलीले पाएको अवसर गुमाउँदा खेल बराबरीमा सकिएको हो । बल पोजिसनमा पकड जमाएपनि संकटाले गोल गर्न सकेन ।

ब्रिगेडले पनि गोलको केहि अवसर गुमाएको थियो । ब्रिगेडसँगको बराबरीसँगै संकटाले शीर्ष ६ मा उक्लने मौका गुमाएको छ ।

आठौं स्थानको संकटाले ७ खेलमा ९ अंक जोडेको छ । ब्रिगेडले ७ खेलमा ८ अंक जोडेको छ । र, ब्रिगेड लिगको नवौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com