फागुन १देखि प्रदेश १ सरकारले सुर्तीजन्य पदार्थको विक्री वितरण र सेवनमा कडाई गर्ने



प्रकाशित मिति : Jan 20, 2020
  • तारा आचार्य

विराटनगर, ०६ माघ । फागुन १ गते देखि सुर्तीजन्य पदार्थको विक्री तथा सेवन सम्बन्धी ऐन कार्यान्वयन बारे जानकारी दिन विराटनगरमा सचेतना ¥याली आयोजना गरिएको छ ।

प्रदेश सरकारले फागुन १ गतेदेखि मोरङमा सुर्तीजन्य पदार्थको विक्री वितरण र सेवनमा कडाई गर्ने गरी प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ ।

स्वस्थ जीवन प्रवद्र्धन अभियानलाई सार्थक बनाउन शुरु गरिएको यो अभियानमा शिक्षण संस्था, स्वास्थ्य संस्था, सरकारी कार्यालय र मठ मन्दिरको १ सय मिटर वरिपरि सुर्तीजन्य पदार्थको बेचबिखन र सेवन गर्न नदिने एवं कानुन विपरित गर्नेलाई कारवाही गरिने बताइएको छ । सोही कानुन बारे जानकारी दिन विराटनगरमा सचेतना ¥याली निकालिएको हो ।

विराटनगरको वीरेन्द्र सभागृहबाट शुरु भएको सचेतना ¥याली विभिन्न भागको परिक्रमा पछि जनआन्दोलन चोकमा सभामा परिणत भएको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं. १ को सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङमा फागुन १ गते देखि सुर्तीजन्य पदार्थ विक्री वितरण तथा सेवन सम्बन्धी ऐन २०६८ लाई पूर्ण कार्यान्वयन गर्दै लैजाने गरी अभियान शुरु गरिएको जानकारी दिनुभयो ।

सचेतना ¥यालीमा सरोकारवालाहरु, विद्यार्थी, अभिभावक, प्रहरी, सशस्त्र प्रहरी र राजनैतिक दलका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com