पोखराको यातायातमा अख्तियारको अप्रेसन, सेटिङ गर्ने कर्मचारीको खोजी



प्रकाशित मिति : Jan 20, 2020
  • उत्तम पौडेल

पोखरा, ६ माघ । पोखराको यातायात ब्यवस्था कार्यालयमा सवारी चालक अनुमति पत्र वितरणमा सेटिङ भएको भन्दै अख्तियार पोखराले मंसिर र पुस २ महिनाको फाइल तानेर दर्ता गरेको छ । अख्तियारले यातायात ब्यवस्था कार्यालय लाइसेन्स शाखामा पनि लाखौ रुपैयाँ घुस लेनदेन सहित सेटिङ गरेर परिक्षामा पास गराइने गरेको रहस्य पनि खुलेको छ ।

यातायात ब्यवस्था कार्यालय लाइसेन्स शाखा पोखरामा गत दुई महिनामा धेरैको लाइसेन्समा अनियमितता भएको भन्दै अख्तियार कार्यालय पोखराले फाइल तानेको हो । अख्तियार श्रोतका अनुसार गत २ महिनामा करीब ५० वटा भन्दा बढि लाइसेन्स बनाउन आर्थिक चलखेल गर्दै लाइसेन्स वितरण गरेको प्रारम्भिक अनुमान गरिएको छ ।

लाइसेन्स बनाउँदा बिचौलियाको माध्यमबाट पैसाको कारोवार हुने तथा लाखौ रुपैया असुलेर लाइसेन्स बाँडेको आरोप यातायात कार्यालयलाई लागेको छ । दोष कस्को हो ? र कसरी आफु उम्कीन सकिन्छ भनेर कर्मचारीहरु जुक्त्ती लगाइरहेको केही कर्मचारीहरुले नाम नबताउने शर्तमा न्युज २४ टिमलाई बताए ।

यातायात कार्उालयका निमित्त कार्यालय प्रमुख हरि प्रसाद गौतमका अनुसार आफ्नो ९ महिने कार्यकालमा कुनै त्यस्तै गलत कार्य नभएको जिकिर गरेका छन् । उनले आफुलाई त्यस्तो सुचना आएमा मातहतका कर्मचारीलाई कारवाही गर्ने बताए ।

लाइसेन्सको लिखित तथा ट्रायलका लागि यातायात ब्यवस्था कार्यालय र सघीय ट्राफिक प्रहरी कार्यालयको उपस्थीतिमा परिक्षा गराइन्छ । यसरी गरिएको परीक्षामा आर्थिक चलखेल गरेर बिचौलियाको सेटिङमा यातायात कार्यालयका कर्मचारी र ट्राफिकको संलग्नता हुनसक्ने आशंका गरिएको छ । गत मंसिर र पुसमा भएको परिक्षाको रेकर्ड र उतिर्ण संख्या हेर्ने हो भने करिव ५० वटा लाइसेन्समा अनियमितता भएको श्रोतको दाबी छ ।

उक्त परिक्षाको सेटिङमा प्रति लाइसेन्स ३० हजारदेखि पचास हजारसम्म लिने गरेको नाम नखुलाउने शर्तमा सेवाग्राही नै बताउँछन् । परीक्षामा नै अख्तियारका केही कर्मचारीको मिलेमतो रहने गरेको आरोप अख्तियारलाई पनि लागेको छ । पछिल्लो केही महिना यता अख्तिायारमा पैसा लिने कर्मचारीको खोजी स्वयं अख्तियार कार्यालयले नै गरिरहेको छ । यो बर्ष कार्यालयमा सेटिङ नभएको र हालका अख्तियार प्रमुख र अख्तियारका डिएसपीले भ्रष्टाचारलाई कडाइ गरेका कारण मिलेमतोको घटना बाहिर आएको हो ।

हेभि भेहिकल तथा साना ठुला हरेक सवारी साधनको लाइसेन्समा सेटिङ गरिरहेको बेला यातायात कार्यालय पोखराका कर्मचारी तथा ट्राफिक प्रहरी समातिएको घटना सेलाउन नपाउँदै फेरी अख्तियारले कागजपत्र तानेको छ ।

यदि यो बिषयमा अख्तियारले शुक्ष्म अनुसन्धान गर्न सफल भयो भने यातायात कार्यालय पोखराका ७० प्रतिशत कर्मचारी यसमा संलग्न भएको पुष्टि हुने आशंका गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com