राष्ट्रियसभा सदस्यकाे निर्वाचनका लागि आज रातिबाट मौन अवधि सुरु हुँदै



प्रकाशित मिति : Jan 20, 2020

काठमाडाैँ, ६ माघ । राष्ट्रियसभा सदस्यको माघ ९ गते बिहीबार हुने निर्वाचनको सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।

निर्वाचन आचारसंहिता बमोजिम ४८ घण्टा अगाडी आज राति १२ बजेदेखि मौन अवधि शुरु हुने भएको हो ।

file photo

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं विश्वसनीय रूपमा सम्पन्न गर्न गराउन मौन अवधि र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहलगायत सरोकारवालाको ध्यानाकर्षण गराइएको छ ।

मुलुकका सातवटा प्रदेशका उच्च अदालत रहेका जिल्ला मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन केन्द्र कायम गरिएको छ । मौन अवधिमा कुनै पनि सञ्चार माध्यमबाट निर्वाचन प्रचारप्रसार कार्य गर्न गराउन पाइने छैन ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com