उपसभामुख तुम्बाहाङ्फेले दिइन् राजीनामा



प्रकाशित मिति : Jan 20, 2020

काठमाडौँ, ६ माघ । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएकी छन्। सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा तुम्बाहाङफेले पदबाट राजीनामा दिएकी हुन्।

बैठकको प्रारम्भमै राजीनामा पत्रमार्फत तुम्बाहाङफेले भनिन्, ‘मैले राजीनामा दिएर मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु ।’

यसअघि सभामुख उम्मेदवार तय नभएसम्म राजीनामा नदिने अडान गर्दै आएकी उपसभामुख तुम्बाहाङ्फे आइतवार नेकपाको सचिवालयले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेसँगै राजीनामा दिन बाध्य भएकी हुन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com